कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

थ्री नेसन्सकप : तीनै टिम नयाँ खेलाडीमा निर्भर

काठमाडौँ — बुधबारदेखि सुरु हुने सहभागी हुने प्रधानमन्त्री थ्री नेसन्सकपमा तीनै टिम आयोजक नेपालसँगै लाओस र भुटान नयाँ खेलाडीमा निर्भर रहने तयारीमा छन् ।

थ्री नेसन्सकप : तीनै टिम नयाँ खेलाडीमा निर्भर

दशरथ रंशगालामा प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसको सामना गर्नेछ । मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा तीनै टिमका प्रशिक्षकले आफूहरू नयाँ खेलाडीलाई अवसर दिने क्रममा रहेको बताए ।

नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले तयारीका लागि पर्याप्त समय नभएको स्वीकार्दै त्यसका बावजुद पनि टिमले राम्रो गर्नेमा विश्वास व्यक्त गरे । उनले कम समयमै आफूले सक्दो राम्रो टिम चयन गरेको र यसले मैदानमा पनि राम्रै गर्ने विश्वास व्यक्त गरेका थिए । उनले भने, ‘सम्भवतः मैले ठीक स्थानका लागि उपयुक्त खेलाडीको टिम बनाएको छु ।’

इटालीका प्रशिक्षकको नेतृत्वमा नेपालले पहिलोपटक खेल्न लागेको छ । यस अवसरमा कप्तान किरण लिम्बूले राष्ट्रिय टिमका यसअघिका अधिकांश सदस्य विदेश गएको स्थितिमा नयाँ चुनौती तयार भएको बताए । उनले भने, ‘प्रत्येक अवसर र परिस्थितिले नयाँ चुनौती दिने गर्छ । विश्वास गरौं, हामीले युवा खेलाडीको मदतले राम्रो गर्न सक्नेछौं ।’

भुटानी टिमका प्रशिक्षक पेमाले पनि आफ्नो टिम नयाँ खेलाडीमा निर्भर रहेको बताए । उनले प्रतियोगिताका क्रममा आफ्नो टिम बलियो चुनौती पेस गर्न पनि सक्षम रहेको बताए । भुटान तीन वर्षभन्दा लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदैछ । उनले थपे, ‘हामीले दुई महिनाभन्दा लामो समय तयारी गरेका छौं, त्यसैले हामी उत्साहित छौं ।’

लाओसका प्रशिक्षक माइकल वेसले आफ्नो टिम नयाँ खेलाडीले भरिएको बताए । उनले तत्कालको नतिजा भन्दा पनि आफ्नो लक्ष्य भविष्यका लागि बलियो टिम बनाउने रहेको बताए । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लाओसले आफ्ना खेलाडी निकै बहादुर र आत्मविश्वासी रहेको पनि दाबी गरे ।

प्रकाशित : चैत्र ७, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?