३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

यू-१७ वुमेन्स साफ : भारतसँग नेपालको हार

काठमाडौँ — साफ यू–१७ वुमेन्स च्याम्पियनसिपमा नेपाल सोमबार भारतसँग ४–१ ले पराजित भएको छ । बंगलादेशको ढाकामा भएको खेलमा भारतको प्रदर्शन प्रभावशाली रह्यो ।

यू-१७ वुमेन्स साफ : भारतसँग नेपालको हार

भारतका तर्फबाट सिल्जी साजीले ह्याट्रिक गरिन् । एक गोल पूजाले गरिन् । नेपालका तर्फबाट वर्षा ओलीले एक गोल फर्काइन् । यस जितसँगै भारतले प्रतियोगितामा तीन अंक जोडेको छ ।

प्रतियोगितामा नेपाल र भारतसँगै आयोजक बंगलादेश, भुटान र रुसको सहभागिता रहेको छ । नेपालले अब बुधबार भुटानको सामना गर्नेछ । त्यसपछि नेपालले आइतबार रुस तथा मंगलबार बंगलादेशको सामना गर्नेछ । रुसले आमन्त्रित टिमका रूपमा प्रतियोगितामा सहभागी भएको हो ।

प्रकाशित : चैत्र ६, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?