थ्री नेसन्स कप विजेतालाई पाँच हजार डलर

काठमाडौँ — प्रधानमन्त्री थ्री नेसन्स कप विजेताले पाँच हजार डलर पुरस्कार पाउने भएको छ । प्रतियोगिता चैत ८ देखि १६ सम्म दशरथ रंगशालामा आयोजना हुँदैछ । यसमा नेपालसँगै भुटान र लाओसको सहभागिता रहनेछ ।

थ्री नेसन्स कप विजेतालाई पाँच हजार डलर

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी दिएको हो । प्रतियोगिताको उपविजेताले तीन हजार डलर प्राप्त गर्नेछ ।

यस्तै प्रत्येक खेलको उत्कृष्ट खेलाडीले २ सय ५० डलर प्राप्त गर्नेछन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले भने पाँच सय डलर जित्ने छन् । प्रतियोगितामा सहभागी हुन भुटान र लाओसको टिम सोमबार नै काठमाडौं आइपुगिसकेका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?