तिलोत्तमा गोल्डकपमा थ्रीस्टार विजयी- खेलकुद - कान्तिपुर समाचार

तिलोत्तमा गोल्डकपमा थ्रीस्टार विजयी

सन्जु पौडेल

तिलोत्तमा — तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा साविक विजेता थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

थ्रीस्टारका लागि खेलको दोस्रो हाफको ३८ औं मिनेटमा दिपेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले गोलको थुप्रै अवसर पाए पनि सदुपयोग गर्न भने सकेन । हिमालयन शेर्पा पनि गोलको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

आइतबारको खेलमा थ्रीस्टारका लोकेन लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगर ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र फ्रेण्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही–११, थ्रीस्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम–११ ले प्रतिस्पर्धा गर्नेछन् । दुई विभागीयसहित ८ टीम सहभागी प्रतियोगिता विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, १ थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

सदाशिव क्याम्पसमा नागरिक विद्यार्थी समाजको प्यानलै विजयी 

कमल पन्थी

बर्दिया — सदाशिव बहुमुखी क्याम्पस, बारबर्दिया-६ मा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नागरिक विद्यार्थी समाजको पुरै प्यानल विजयी भएको छ । उक्त विद्यार्थी समाजको सभापतिमा रतनलाल थारु विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका आस्मा थारु पराजित भएकी छन् । रतनलालले ८० मत प्राप्त गरेका छन् भने आस्माले ४७ मत पाएकी छिन् । विद्यार्थी समाजका सचिवमा नानुमाया थारु र कोषाध्यक्षमा सविना थारु निर्वाचित भए ।

यसैगरी सदस्यमा अर्जुन थारु, अन्जली थारु, विर्सना थारु, कल्पना थारु र शिवशरण थारु विजयी भएको क्याम्पस प्रमुख कर्ण भाटले बताए । जिल्लाको अन्य आठ वटा क्याम्पसमा मतगणना भइरहेको छ ।


प्रकाशित : चैत्र ५, २०७९ १८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×