२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एकै दिन १६ स्वर्णको छिनोफानो

सुवास विडारी

मकवानपुर — हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा शनिबार १६ स्वर्ण पदकको छिनोफानो भएको छ । पुरुषतर्फ ९ र महिलातर्फ ७ तौल समूहको विजेता टुंगो लागेको हो ।

एकै दिन १६ स्वर्णको छिनोफानो

पुरुषतर्फ ७५ केजीमा डीजी बक्सिङ क्लबका आयुन श्रेष्ठले स्वर्ण जिते । उनले सल्यानका दर्शन घर्तीमगरलाई पराजित गरे । ७१ केजीमा निमा दोर्जे तामाङले भक्तपुरका प्रवेश बस्नेतलाई पराजित गर्दै स्वर्ण जितेका छन् । ५७ केजीमा बक्समाण्डुका आयुष थापा, ६० केजीमा डीजी बक्सका सौरभ राई, ६३.५ केजीमा मकवानपुरका सोहन राईले स्वर्ण जितेका छन् । ६७ केजीमा आभाषविक्रम शाहले स्वर्ण जिते ।

हेटौंडा–४ पारिजातपथस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा विजयी हुँदै महिला ५२ केजीमा भक्तपुरकी भावना भण्डारी, ५० केजीमा रेस बक्सिङ क्लबकी युजेन शर्मा र ४८ केजीमा अछामकी निर्मला ऐडीले स्वर्ण जिते । पुरुषतर्फ ४८ केजीमा अल्फा बक्सिङ क्लबका विशेष बुढामगर, ५१ केजीमा बक्समाण्डुका प्रवल उप्रेती र ५४ केजीमा दाङमा विवेक देवकोटाले स्वर्ण जितेका थिए ।

महिला ५४ केजीमा बक्समाण्डुकी आङ्गी शेर्पा, ५७ केजीमा बक्समाण्डुकै प्रीति श्रेष्ठ, ६० केजीमा भूमि बक्सिङ क्लबकी बबिता गोदार क्षेत्री र ६६ केजीमा रेजकी सहिष्णा विष्टले स्वर्ण जितेका छन् । मकवानपुर जिल्ला बक्सिङ संघ र वाग्मती प्रदेश खेलकुद विकास परिषदको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । विजेतालाई संघ अध्यक्ष दीपेश श्रेष्ठ र हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाले पुरस्कार वितरण गरे । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?