चेल्सीमा एभरटनको बहादुरीपूर्ण बराबरी

एजेन्सी

लन्डन — एभरटनले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीको स्टायनफोर्डमा २–२ को बहादुरीपूर्ण बराबरी निकाल्दै एक बहुमूल्य अंक बटुलेको छ । एलिस सिम्सले खेल सकिन एक मिनेट अगाडि एभरटनका लागि निर्णायक बराबरी गोल गरे ।

चेल्सीमा एभरटनको बहादुरीपूर्ण बराबरी

यो नतिजापछि एभरटन २६ अंकमा १५ औं स्थानमा रह्यो र उसको रेलिगेसन तनाव कम हुँदैछ । चेल्सी भने ३८ अंकमा दसौं स्थानमा छ । शनिबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ३–० र लिड्सले उल्भ्सलाई ४–२ ले हरायो ।

यस्तै, साउथह्याम्पटन र टोटनहमले ३–३ को बराबरी खेले । यो नतिजाले शीर्ष चारमा टोटनहमको चुनौती कमजोर बनेको छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?