२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पाँच दिनमा हाल्यान्डको दोस्रो ह्याट्रिक

एजेन्सी

लन्डन — इर्लिङ हाल्यान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए ।

पाँच दिनमा हाल्यान्डको दोस्रो ह्याट्रिक

यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् ।

सिटीले च्याम्पियनसिप लिगको शीर्ष स्थानमा रहेको टिममाथि एतिहाडमा प्राप्त यस जितमा जुलियन एल्भारेजले दुई गेल गरे र एक गोल कोल पाल्मरको नाममा रह्यो ।

प्रकाशित : चैत्र ५, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?