सुनापति-शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथनमा कुलुङ प्रथम- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनापति-शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथनमा कुलुङ प्रथम

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापमा शनिबार भएको ५५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए । 

सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरु सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा, छांगा, घलेडाँडा हुँदै शैलुङ पुगेका थिए । प्रतियोगितामा वेदबहादुर सुनुवारले दोस्रो स्थान हासिल गरे । उनले उक्त दुरी ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । त्यसैगरी धावक दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा उक्त दुरी पूरा गरेर तृतीय स्थान हासिल गरेका थिए ।

यसैगरी २५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन भने मोहन देव जोशीले जितेका छन् । जोशीले उक्त दुरी ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । उक्त म्याथनमा देवराज महतराले ३ घण्टा १० मिनेट १० सेकेन्डमा उक्त दुरी पूरा गरेका थिए भने तृतीय स्थान होमलाल श्रेष्ठले हासिल गरेका थिए । उनले उक्त दुरी ३ घण्टा १४ मिनेट ५ सेकेण्डमा पूरा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्‌ले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले शुभारम्भ गरेका थिए ।

प्रकाशित : चैत्र ४, २०७९ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्

इमरान खानका कार्यकर्ता अदालत छिर्नखोज्दा सुनुवाइ स्थगित

इमरान खानमाथि ‘गिफ्ट’ बेचेको आरोप
कान्तिपुर संवाददाता

नयाँ दिल्ली — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि पदमा रहेका बेला प्राप्त महँगा उपहार बेचेको आरोप लागेको छ । सोही आरोपमा सरकारले उनलाई पक्राउ गर्ने प्रयास गरिरहँदा उनी आफैं शनिबार अदालतमा उपस्थित भए ।

तर अदालतले बढ्दो तनवालाई हेर्दै उक्त मुद्दाको सनुवाई स्थगित गरेको छ । प्रहरी र खान नेतृत्वको राजनीतिक दल तहरिक ए इन्साफ पाकिस्तान (पीटीआई) का कार्यकर्ताबीच भएको झडप बढेको कारण जनाउँदै अदालतले मुद्दालाई अगाडि बढाएन ।

ठूलो संख्यामा कार्यकर्ताहरु पनि अदालत परिसरमा प्रवेश गर्न खोजेपछि अदालतले त्यसमा रोक लागएको थियो । आरोपी पूर्वप्रधानमन्त्री खानलाई अदालतको ढोकामै उपस्थिति गराएर फर्काइएको समाचार एजेन्सीहरुहरुले जनाएका छन् ।

खान प्रधानमन्त्री रहेका बेला विदेशी मुलुक र सरकार प्रमुखहरुबाट प्राप्त महँगा ‘गिफ्ट’ व्यक्तिगत लाभका लागि बेचेको खानमाथि आरोप छ । यद्यपि खानले उक्त आरोपलाई गलत र आफूलाई चुनावमा रोक्ने प्रयास भन्दै आएका छन् । विदेश यात्राको क्रममा प्राप्त हुने उपहारलाई सरकारी तोशखानामा जम्मा गराउने प्रावधान विपरीत खानले महँगा उपहारलाई आफैं राखेर बेचेको आरोपको मुद्दा अदालतमा पुगेको हो ।

पाकिस्तानमा त्यहाँको मूल्य अनुसार ३० हजार रुपैयाँसम्मको प्राप्त उपहार सरकारी पदमा रहेका व्यक्तिले आफैं राख्न सक्ने तर, त्यसमाथिका उपहार सरकारी निकायमा जम्मा गर्नुपर्ने नियम छ । साउदी राजकुमार मोहम्मद बिन सलमानले सुनले बनेको घडी पाकिस्तानी प्रधानमन्त्रीलाई उपहार दिएका थिए । १६ करोड मूल्य मानिएको उक्त घडी खानले आफूसँगै राखेको र त्यसलाई उनकी पत्नीले बेच्ने प्रयास गरेको घटना सार्वजनिक भएको थियो ।

खान इस्लामावादस्थित अदालतमा उपस्थित हुन पुगेका बेला प्रहरी भने लाहोरस्थित जमान पार्कस्थित उनको घरमा प्रवेश गरेको थियो । बुल्डोजरले घरको ढोका तोडेर प्रहरी खानको घरमा पुगेर ‘सर्च’ गरी फर्किएको थियो । त्यहाँ प्रहरी र खान समर्थकबीच झडप भएको थियो ।

पूर्वक्रिकेटर खान पाकिस्तानको राजनीतिमा सक्रिय भएर २०१८ को आम चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका थिए । एक वर्ष अगाडि उनी प्रधानमन्त्री पदबाट हटेका हुन् । अविश्वासको प्रस्तावमा आवश्यक मत पुर्‍याउन नसक्दन उनी सत्ताच्यूत भएका थिए । त्यसयता उनी सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : चैत्र ४, २०७९ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×