एपीएफमाथि मनाङको पुनरागमन जित

काठमाडौँ — कीर्तिमान आठ पल्टको च्याम्पियन मनाङ मर्स्याङ्दीले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा शनिबार एपीएफलाई हराएर अंक तालिकको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट पुनरागमन रच्दै मनाङले एपीएफलाई २–१ ले हराएको हो ।

मनाङका लागि कमल थापाले ५२ र सयिद जमोलले ७२ औं मिनेटमा गोल गरे । एपीएफले भने अरमान्ड बेडोमको गोलले ३५ औं मिनेटमा अग्रता लिएको थियो । यो जितपछि मनाङको पाँच खेलबाट ११ अंक भएको छ ।

यो शीर्ष स्थानमा रहेको सातदोबाटोसँग एक अंकको मात्र दूरी हो । चर्च ब्वाइजको पनि समान ११ अंक भए पनि गोल अन्तरले मनाङ अगाडि रहेको हो । एपीएफ भने ७ अंकमा छैटौं स्थानमा झरेको छ ।


प्रकाशित : चैत्र ४, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?