मिल्स गोल्डकप : उपाधिका लागि सिरहाको प्रतिभा र झापाको ध्रुवतारा भिड्ने- खेलकुद - कान्तिपुर समाचार

मिल्स गोल्डकप : उपाधिका लागि सिरहाको प्रतिभा र झापाको ध्रुवतारा भिड्ने

विनोद भण्डारी

विराटनगर — साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिरहाले बिहीबार विराटनगर जुट मिल मैदानमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोलले हराउँदै उपाधि रक्षाको यात्रा तय गरेको हो ।

नवप्रतिभा सिरहाका विश्वास राई बललाई अगाडि बढाउँदै । तस्बिर : विनोद भण्डारी/कान्तिपुर

प्रतिभाले उपाधि रक्षाका लागि शनिबार झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सिरहाका लागि अब्दुला, बिनु आलेमगर र सिद्धान्त लामाको प्रहार गोलमा परिणत भयो । निकै प्रतिस्पर्धात्मक खेल पहिलो हाफसम्म गोलरहित रह्यो ।

दोस्रो हाफदेखि सिरहाले आक्रमक खेल पक्दै ४४ औं मिनेटमा गोलको खाता खोल्यो । सिद्धान्त लामाले डीबक्सभित्र दिएको पासलाई अब्दुलाले गोलमा परिणत गरेका थिए ।

६२ औं मिनेटमा बिनु आलेमगरले उत्कृष्ट फिनिसिङ गर्दै टिमको अग्रता दोब्बर गरे । उनले बल नियन्त्रण गर्ने क्रममै गाईघाट डिफेन्स निमछिरिङ शेर्पालाई झुक्याउँदै आकर्षक गोल गरी अग्रता दोब्बर बनाएका थिए ।

खेलको ७४ औं मिनेटमा सिद्धान्त लामाले गोल गरे । उनले बिनु आलेमगरले डीबक्सभित्रबाट निकालिदिएको क्रसमा बललाई पोस्टको दिशा दिएका थिए ।

प्रकाशित : चैत्र २, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलले ल्यायो डेटा र भ्वाइस सेवाको बण्डल प्याक 

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकका लागि डेटा र भ्वाइस सेवाको बन्डल प्याक ल्याएको छ । नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ चैत ३ गते शुक्रबारदेखि संचालनमा आउने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।

‘ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘यस प्याक अन्तर्गत २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्रदान हुनेछ ।’ प्राप्त डेटा र टक टाइम सिम सुरु भएको २८ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्ने छन् । ग्राहकले २०० देखि ४९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याक र ५०० वा सो भन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनस पाउने एनसेलले जनाएको छ । ‘यो प्लान सुरु गर्ने ग्राहकले अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रुपैयाँमा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन्’ कम्पनीले भनेको छ ‘त्यस्तै प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा एसएमएस, यूएसएसडी माध्यमबाट लिन सक्नेछन् ।’


प्रकाशित : चैत्र २, २०७९ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×