कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आर्मीमाथि एपीएफको जित

काठमाडौँ — मणिकुमार लामाको निर्णायक गोलको मद्दतले एपीएफले सहिद स्मारक लिग ए डिभिजन ०७९/०८० मा बुधबार आर्मीलाई १–० ले हराएको छ । च्यासल मैदानमा भएको खेलमा मणिले ३७ औं मिनेटमा गोल गरेका हुन् । उनले विपिन श्रेष्ठको क्रसमा गोल गरेका हुन् ।

आर्मीमाथि एपीएफको जित

यससँगै एपीएफको चार खेलबाट ७ अंक भएको छ । यसपल्टको लिगमा आर्मीको यो पहिलो हार हो ।

यस्तै यस हारसँगै आर्मीको १६ खेलको अपराजित यात्रामा पनि टुंगेको छ । आर्मी पछिल्लो संस्करणको लिगमा अपराजित रहेको थियो । उसको चार खेलबाट ५ अंकमात्र रहेको छ ।


प्रकाशित : चैत्र १, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?