३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

आर्मीलाई होराइजन कप

कान्तिपुर संवाददाता

सुनसरी — त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको राष्ट्रिय होराइजन रनिङ कप बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई शनिबार १००–७० स्कोरले हराउँदै दोस्रो पटक उपाधि जितेको हो । विभागीय डर्बीमा पहिलो र दोस्रो क्वाटरमा झिनो अग्रता लिएको आर्मीले बाँकी क्वाटरमा फराकिलो स्कोर गर्दै जित निकाल्यो ।

आर्मीलाई होराइजन कप

विजेता आर्मीले १ लाख ११ हजार र उपविजेता पुलिसले ५५ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी आर्मीका निश्चल महर्जनले १० हजार पुरस्कार पाए । आर्मीकै पूर्णबहादुर खड्का उत्कृष्ट प्रशिक्षक भएर ३ हजार प्राप्त गरे । उदीयमान खेलाडी आयोजक होराइजन क्लबका सर्वधन राई भए । उनले ५ हजार पाए ।

पुलिसले सेमिफाइनलमा आयोजक होराइजन हराएको थियो भने । आर्मीले साबिक विजेता टाइम्स कलेज काठमाडौंलाई हराएर गत वर्षको फाइनलको बदला लिएको थियो । प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

सातौं होराइजन कप बास्केटबल उपाधिका साथ आर्मीका खेलाडी । तस्बिर : अर्जुन सुवेदी/केटीभी


प्रकाशित : फाल्गुन २७, २०७९ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?