कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आसिफ शेखको १ हजार रन पूरा

विनोद पाण्डे

काठमाडौँ — आसिफ शेख एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका छन् । क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीविरुद्ध बिहीबार ९० रन बनाएसँगै उनले १ हजार रन पूरा गरेका हुन् ।

आसिफ शेखको १ हजार रन पूरा

रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् । आसिफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९० बल खेली १० चौका र २ छक्का प्रहार गरिसकेका छन् । आसिफ ९० रन बनाएर खेलिरहेका छन् ।

आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठूलो साझेदारी हो । यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए ।

नेपाली खेलाडीको दशौं शतकीय साझेदारीमा यो छैटौं उत्कृष्ट साझेदारी हो । आसिफले नेपालबाट सर्वाधिक ९ अर्धशतक बनाइसकेका छन् । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।

आसिफले अघिल्लो साता पपुवा न्यु गिनीविरुद्ध नै लिग २ को खेलमा दुबईमा अविजित ८६ रन बनाएका थिए ।

प्रकाशित : फाल्गुन २५, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?