लिग-२ शृंखलाका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी विश्वकप लिग–२ शृंखलाका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

लिग-२ शृंखलाका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कार समेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, 'सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।'

खेलाडीहरूकै कारण देशकै गौरव र प्रतिष्ठा बढेको प्रधानमन्त्रीले बता‍ए । 'म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु ।'

पहिले पहिले खेल जीवनका लागि, अनुशासनका लागि भनिने गरेकोमा अब खेल देशका लागि भएको प्रधानमन्त्रीले बताए । अर्थतन्त्रको उत्थानका लागि, राष्ट्रिय प्रतिष्ठाका लागि र कूटनीतिक उचाइका लागि खेल आवश्यक रहेको दाहालले बताए । खेल क्षेत्रलाई सामान्य आँखाले हेर्नु देशकै लागि गल्ती हुने उनको भनाइ थियो ।

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?