१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड जिततर्फ अग्रसर

कान्तिपुर संवाददाता

काठमाडौँ — इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो डे नाइट टेस्टको तेस्रो दिन शनिबार आफूलाई जिततर्फ अग्रसर बनाएको छ । तेस्रो दिनको समाप्तिमा जितका लागि ३ सय ९४ रन पछ्याइरहेको न्युजिल्यान्ड पाँच विकेट गुमाएर ६३ रनको नाजुक स्थितिमा छ ।

न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड जिततर्फ अग्रसर

न्युजिल्यान्डलाई जितका लागि अझै ३ सय ३१ रन बनाउन बाँकी छ । घरेलु टिमका लागि ड्यारेल मिचेल १३ र माइकल ब्रेसवेल २५ रन बनाएर खेलिरहेका छन् । इंग्ल्यान्डका बलरमध्ये स्टुवार्ट ब्रड सर्वाधिक सफल रहे र उनले २१ रनमा चार विकेट लिएका छन् ।

त्यस अगाडि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा अलआउट हुन अगाडि ३ सय ७४ रन बनाएको थियो । त्यसमा मध्यक्रमका तीन ब्याटर जाए रुट, ह्यारी ब्रुक र बेन फोक्सले अर्धशत बनाए ।


प्रकाशित : फाल्गुन ६, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?