३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पहिलो दिनमै अस्ट्रेलिया दबाबमा

एजेन्सी

नागपुर — अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीबार कमजोर सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको अस्ट्रेलिया आफ्नो पहिलो इनिङ्समा १ सय ७७ रन बनाएर अलआउट भएको हो ।

पहिलो दिनमै अस्ट्रेलिया दबाबमा

पाहुना टिमका लागि मार्नस लाबुसेनले बनाएको ४९ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । अस्ट्रेलियालाई सस्तोमा समेट्न भारतीय स्पिनर रवीन्द्र जडेजाले प्रमुख भूमिका खेले । उनले ४७ रनमा पाँच विकेट लिए ।

भारतले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै एक विकेटमा ७७ रन बनाएको छ । दिनको खेल समाप्त हुँदा भारत एक सय रनले पछाडि छ । उसका लागि कप्तान तथा प्रारम्भिक ब्याटर रोहित शर्मा ५६ रन बनाएर खेलिरहेका छन् ।

प्रकाशित : माघ २६, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?