चन्द्रकला र सरस्वती छनोट- खेलकुद - कान्तिपुर समाचार

चन्द्रकला र सरस्वती छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको नयाँ दिल्लीमा हुने आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि बुधबार नेपालका चन्द्रकला थापा, संगीता सुनार र सरस्वती रानामगर छनोट भएका छन् । अघिल्लो दिन बक्समाण्डुकी अञ्जली तेली र आर्मीकी मीनु गुरुङ आ–आफ्नो तौलमा छनोट भएका थिए ।

राष्ट्रव्यापी खुला छनोटअन्तर्गत महिला ५७ केजी तौल समूहको फाइनलमा आर्मीकी चन्द्रकलाले झापाकी सुस्मिता राईलाई ५ः० अंकको आधारमा पराजित गरिन् । ६० केजी तौल समूह फाइनलमा एपीएफकी संगीताले आर्मीकी निरु गुरुङलाई ४ः१ अंकका आधारमा पराजित गर्दै छनोट पक्का गरिन् । ७५ केजी तौलको फाइनलमा एपीएफकी सरस्वती रानामगरले झापाकी त्रिशा जबेगुलाई ५ः० अंकका आधारमा हराइन् ।

त्यस्तै ५० केजी तौलमा सेमिफाइनलमा एचटूओकी अस्मिता दुवालले आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा हराइन् । सोही तौलमा पुलिसकी दिवाना शेर्माले आर्मीकी आरती बम्जनलाई ४ः१ को स्पिलट डिसिजनको आधारमा हराएर फाइनल तय गरिन् । यस तौलको फाइनल माघ २६ गते मा हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्

इटहरीमा प्रिन्स र विष्णुको सुरुआत

कान्तिपुर संवाददाता

इटहरी — पुलिसका प्रिन्स दाहाल र विष्णु कटुवाल इटहरीमा सुरु प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुला ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरफाइनल पुगेका छन् ।

प्रिन्सले एपीएफका सुमन लिम्बुलाई २१–१५, २१–१३ को सोझो सेटमा हराए । पुलिसकै विष्णुले काठमाडौं ब्याडमिन्टन एकेडेमीका साहिल शेखमाथि २१–७, २१–५ को जित पायो ।

अन्तिम १६ पुग्ने खेलाडीमा आर्मीका नरेन्द्र बम, प्रफुल महर्जन, कविर केसी, रुकेश महर्जन, पविन लिनथेप र हिमाल चन्द छन् । त्यस्तै पुलिसका सुनील जोशी, जीवन आचार्य, दीपक बोहरासहित एपीएफका देवराज राना, क्षितिज खनाल, रोशन साउद, अमन महर्जन, विजित थापामगर छन् । नरेन्द्रले एपीएफका अरुण अधिकारीलाई २१–१५, २१–११ ले, प्रफुलले मेहरमान बहुउद्देश्यीय कभर्डहलका नवीन सुवाललाई २१–१६, २१–९ ले, कविरले एपीएफका प्रनिशसिंह ठकुरीलाई २१–१७, २१–१६ ले, रुकेशले मोरङका विवेक चौधरीलाई २१–१७, १८–२१, २१–१४ ले, पविनले बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरीलाई २१–१७, २१–१५ ले र हिमालले सुनसरीका रोधा राईलाई २१–१७, २१–१६ ले हराएका थिए ।

पुलिसका सुनीलले सुनसरीका प्रविण तामाङलाई २१–८, २१–१२ ले, दीपकले ताप्लेजुङका प्रेम लिम्बुलाई २१–१६, २१–१० ले र जीवनले बेल्टारका केनिश मगरलाई २१–८, २१–१२ ले हराएर अन्तिम १६ मा स्थान बनाए ।

एपीएफका देवराजले संखुवासभाका पवन रानामगरलाई २१–४, २१–८ ले, क्षितिजले सुनसरीका मुनाहाङ राईलाई २१–११, २१–९ ले, रोशनले काठमाडौं ब्याडमिन्टनका बबिश थापालाई २१–११, २१–१५ ले, अमनले सुनसरीका प्रशन्न राईलाई २१–१७, २१–१३ ले र विजितले संखुवासभाका गोरख चौहानलाई २१–७, २१–७ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे । ब्वाइज यू–१३ तर्फ काठमाडौं ब्याडमिन्टनका प्रवल श्रेष्ठ, सुनसरीका अनुज कार्की, कैलालीका आदित्य चौधरी, बबिन राई, खोटाङका सुयोग खड्का, एनपीएस काभ्रेका प्रनिश कार्की, नवाङ राई, सुनसरीका प्रतीक मगर, भोजपुरका त्याबुङ राई अन्तिम १६ मा पुगेका छन् ।

प्रकाशित : माघ २६, २०७९ ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×