लिड्ससँग युनाइटेडको रोमाञ्चक बराबरी- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिड्ससँग युनाइटेडको रोमाञ्चक बराबरी

कान्तिपुर संवाददाता

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बुधबार लिड्स युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडलले दुई गोलले पछाडि रहेर बराबरी निकालेको हो ।

व्यवस्थापकविहीन रहेको लिड्सले विलफ्रेड एनोन्टोको गोलले अग्रता लिएयता राफेल भरानेले आत्मघाती गोल गरे । त्यसयता युनाइटेडका लागि मार्कस रसफोर्ड र जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई बराबरी दिलाए ।

यससँगै लिड्स ओल्ड ट्रायफोर्डमा दुर्लभ जितबाट वञ्चित रह्यो, तर रेलिगेसनबाट बच्न संघर्षरत उसका लागि एक अंक पनि महत्त्वपूर्ण रहनेछ । लिड्सको १९ अंक भएको छ र १६ औं स्थानमा छ । युनाइटेड भने ४३ अंकमा तेस्रो स्थानमा छ ।

प्रकाशित : माघ २६, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी केन्द्र उपाध्यक्षमा सापकोटा र भुसाल

रासस

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ ।

यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन् ।

उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए । भुसालको भने बढुवा भएको हो । त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।

अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् ।

प्रकाशित : माघ २५, २०७९ २२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×