बास्केटबल फाइनलमा जेनिथ र रेडियन्ट- खेलकुद - कान्तिपुर समाचार

बास्केटबल फाइनलमा जेनिथ र रेडियन्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा जेनिथ र रेडियन्ट पब्लिक उपाधिका भिड्ने भएका छन् । जेनिथले मोर्डन इन्डियनलाई ४२–३४ स्कोरले पराजित गर्‍यो । जेनिथका सुशील शाहीले १६ स्कोरको योगदान गरे । सुवास गौतमको २३ स्कोर मदतमा रेडियन्टले ओएसिसलाई ५३–५१ को झिनो अन्तरले हरायो ।

गर्ल्समा संस्कृति र काष्ठमण्डपले फाइनल यात्रा तय गरे । संकृतिले रातो बंगलामाथि १८–१६ को जित दर्ता गर्‍यो । संस्कृतिकी ओमी मास्केले ९ स्कोर गरिन् । रेडियन्टविरुद्ध काष्ठमण्डप १२–११ को साँघुरो अन्तरले विजयी भयो । काष्ठमण्डपकी रिया राईले ६ स्कोर जोडिन् । फाइनल बिहीबार हुनेछ ।

आईएसए नेपालले प्रथम यू–१२ राष्ट्रव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

ललितपुर चाकुपाटस्थित बास्केटबल एकेडेमीमा हुने प्रतियोगितामा ब्वाइजतर्फ १२ र गर्ल्सतर्फ १२ टिम सहभागी हुने आयोजकका सीईओ सोनु पाठकले जानकारी गराइन् । स्पर्धा हरेक वर्ष गर्ने आयोजकको लक्ष्य छ ।


प्रकाशित : माघ २५, २०७९ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

अपहरणमा परेको भन्दै पैसा असुली गर्नखोजेको आरोपमा ६ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं १३ स्थित अपहरणमा परेको भनेर झुक्याउँदै रकम असुली गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंका ४७ वर्षीय बिदुर बस्नेत, चितवनका ३३ वर्षीय दिलिप बिक, सर्लाहीका ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान, काभ्रेका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङका ४४ वर्षीय आशमान लामा पक्राउ परेका हुन् ।

काठमाडौं उपत्याका अपराध महाशाखाले यसबारे बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । पक्राउ पर्ने ६ जनालाई नै अहिले प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

प्रहरीका अनुसार उनीहरूले पैसा असुली गर्ने उद्देश्यले आफूहरू अपहरणमा परेको भन्दै परिवारका सदस्यहरूलाई नै भ्रम छरेका थिए । तर परिवारका सदस्यहरूले प्रहरीकहाँ उजुरी दिएपछि घटनाको खुलासा भएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टमा बसेर उनीहरूले आफू अपहरणमा परेकाले पैसा ल्याउन आग्रह गरेका थिए ।

प्रकाशित : माघ २५, २०७९ १९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×