३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सन् २०३० को विश्वकपमा दक्षिण अमेरिकी दाबी

विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् ।

काठमाडौँ — सन् २०३० को विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन् । त्यस दाबीअनुसार प्रतियोगिताको उद्घाटन खेल अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुनेछ भने फाइनल उरुग्वेको मोन्टेभिडिओमा हुनेछ ।

सन् २०३० को विश्वकपमा दक्षिण अमेरिकी दाबी

उरुग्वेले मोन्टेभिडिओमै पहिलो संस्करणको विश्वकप जितेको थियो । विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपचारिक बैठक पनि गरेका छन् ।

अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस संयुक्त आयोजनाको दाबीमा बोलिभिया पनि सम्मिलित हुने बताएका छन् । सन् २०३० को विश्वकपका लागि यसअघि नै स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छ ।

यस्तै साउदी अरेबिया, इजिप्त र ग्रिसले पनि संयुक्त दाबी गर्ने प्रक्रियामा छन् । फिफाले सन् २०३० को विश्वकप आयोजना गर्ने स्थानको निर्णय सनु २०२४ मा गर्नेछ ।

प्रकाशित : माघ २५, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?