राजर्षि जनक कप आजदेखि- खेलकुद - कान्तिपुर समाचार

राजर्षि जनक कप आजदेखि

कान्तिपुर संवाददाता

वाग्मती, सर्लाही — राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण बुधबार सुरु हुँदै छ । वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा पहिलो दिन जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । 

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम बनाइएको प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी गराए । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० राखेको छ ।

सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगिता १२ दिन चल्ने छ । जावलाखेल र एपीएफबीचको विजेताले क्वाटरफाइनलमा गत वर्षको विजेता पिप्ले युवा क्लब हेटौंडासँग खेल्नेछ । बिहीबार दोस्रो दिन युनाइटेड किङडम फुटबल क्लब दार्जिलिङले सुदूरपश्चिम ११ धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजक वाग्मती युवा क्लबले धरान फुटबल क्लबसँग शनिबार खेल्नेछ । यस खेलको विजेताले सहिद स्मारक लिग च्याम्पियन मछिन्द्र क्लबसँग क्वाटरफाइनल खेल्नेछ । ए डिभिजनका अन्य टोलीमा नेपाल पुलिस क्लब, संकटा क्लब, चर्च ब्वाइजले प्रतिस्पर्धा गर्नेछन् । सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता विजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछ । प्रतियोगिताको बजेट अनुमान करिब १ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : माघ २५, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९  म्याग्निच्युडको भूकम्प गएको छ । लमजुङ सदरमुकार बेंसीसहरलगायतका स्थानमा पनि भूकम्प धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसअघि कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : माघ २५, २०७९ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×