१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टोटनहमसँग सिटी पराजित

एजेन्सी

लन्डन — ह्यारी केन टोटनहनका लागि इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन् । उनकै निर्णायक गोलको मद्दतले स्पर्सले आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १–० ले हराएको छ ।

टोटनहमसँग सिटी पराजित

इंग्लिस टिमका कप्तान समेत रहेका केनले टोटनहमका लागि २ सय ६७ औं गोल गरे र यसअघि सर्वाधिक गोलको कीर्तिमानमा आफ्नो नाममा राखेका जिम्मी ग्रेभ्सलाई उछिने ।

हारले सिटीको लिग उपाधि जित्ने अभियानमा धक्का पुगेको छ । यो खेल जितेको भए सिटीले शीर्षमा रहेको आर्सनलमाथि दबाब सिर्जना गर्न सक्ने थियो । आर्सनल ५० अंकमा पहिलो स्थानमा छ भने उसको पछाडि सिटीको ४५ अंक छ ।

टोटनहम भने ३९ अंकमा पाँचौंमा रह्यो । आइतबारको अर्को खेलमा नटिङ्घम फरेस्टले लिड्स युनाइटेडलाई १–० ले हरायो ।

प्रकाशित : माघ २३, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?