सुमनको सम्झनामा मैत्रीपूर्ण फुटबल


मुगु — गमगढीमा दिवंगत सञ्चारकर्मी सुमन मल्लको सम्झनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाल पत्रकार महांसघ जिल्ला शाखाको आयोजना र रारा छायाँनाथ मिडिया प्रालिको संयोजनमा गमगढीमा शनिबारदेखि तीन दिने मैत्रीपूर्ण फुटबल प्रतियोगीता सुरु भएको हो ।
सुमनकी ७५ वर्षीया आमा मुगादेवीले उक्त फुटबल प्रतियोगिताको उदघाटन गरेकी छन् । सञ्चारकर्मी र नाटक लेखक सुमनको सम्झना तीन दिन मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जनाए ।
उक्त फुटबल प्रतियोगितामा निजामती कर्मचारी टिम उद्योग वाणिज्य संघ टिम, नगरपालिका टिम, नेता टिम र पत्रकार टिमको सहभागीता रहेको उनको भनाइ छ । आउँदो वर्षदेखि सुमन स्मृति मैत्री फुटबलको आयोजना गर्ने लक्ष्य महासंघले बनाएको अध्यक्षले जानकारी दिए ।
लामो समयदेखि बिरामी रहेका सुमनको गत वर्ष वैशाख २९ मा निधन भएको थियो । मल्लका दुई छोरी, एक छोरा र श्रीमतिसहित एक वृद्धा आमालाई जीवन धान्न मुस्किल भएको छ ।
कमलजीवी सुमनको सम्झना महासंघले मैत्रीपूर्ण फुटबल आयोजना गर्दा खुसी लागेको पत्रकार महासंघका संस्थापक अध्यक्ष विनोदकुमार मल्लले भने, 'आगामी दिनमा यस खेललाई निरन्तरता दिनु पर्छ ।'
प्रकाशित : माघ २१, २०७९ १२:०८