कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अकी र आरभको जोडीलाई स्वर्ण

काठमाडौँ — नेपालका अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी आईटीएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे ।

अकी र आरभको जोडीलाई स्वर्ण

गर्ल्स डबल्समा मंगोलियाका दिदी मार्ता चोक्सोम्जाभ र बहिनी मरालगु चोक्सोम्जाभको जोडी च्याम्पियन बने । दिदीबहिनीको जोडीले फाइनलमा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीलाई ६–० र ६–० को सोझो सेटमा सहजै हराए ।

डबल्सका विजेतालाई आयोजक नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्ट र टेनिस संघका सदस्य जयजिब हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

डबल्समा स्वर्ण जितेका दिदीबहिनीको जोडी सिंगल्समा भने एक अर्काका प्रतिद्वन्द्वी बनेका छन् । सेमिफाइनलमा मरालगुले हङकङकी जेन लिङ छुन वोङलाई ६–२ र ६–१ तथा मार्ताले रुसकी मिलिना शुब्खानकुलोभालाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गरेका हुन् ।

ब्वाइज सिंगल्समा भियतनामका फाम ला होङले हङकङका होङ क्यु लाउलाई ६–३, ६–७ (४) र ६–३ तथा भारतका देबसिश साहुले ताइपेईंका काइ इन याङलाई ६–१, ४–६ र ७–६ (३) को सेटमा पन्छ्याउदै फाइनलमा पुगेका छन् । दुवै सिंगल्सको फाइनल शनिबार हुनेछ ।

प्रकाशित : माघ २०, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?