२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वसन्तपुरमा फागुन २० मा दौड हुने

काठमाडौँ — राउन्ड टेबल नेपालले फागुन २० मा ५ किमि फर रन आयोजना गर्ने भएको छ । विश्व ओबेसिटी दिवसको अवसरमा स्वस्थ जीवनयापनको महत्व र मोटोपनाविरुद्ध जनचेतना जगाउने उद्देश्यले दौड कार्यक्रम राखिएको शुक्रबार पत्रकार सम्मेलनमा राउन्ड टेबलका उपाध्यक्ष नितेश अग्रवालले बताए ।

वसन्तपुरमा फागुन २० मा दौड हुने

वसन्तपुरबाट सुरु भई विभिन्न स्थान पुगेर सोही स्थानमा सकिने दौडमा १ हजारभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । दौडको व्यवस्थापन एनआरएस स्पोर्ट्स फाउन्डेसनले गर्नेछ । फाउन्डेसनले म्याराथन प्रतियोगिताहरू गर्दै आएको छ । फाउन्डेसनकी वाग्मती राईले फाइभ–के रनबारे जानकारी गराइन् । यस दौडलाई पलम्बर पाइपले मुख्य प्रायोजन गर्ने भएको छ । १३ औं सागकी स्वर्णधारी धाविका सन्तोषी श्रेष्ठले जनचेतना जगाउन हुने यस फाइभ–के मा आफ्नो पनि सहभागिता रहने बताइन् ।

प्रकाशित : माघ २०, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?