तेक्वान्दो टोली यूएईतर्फ- खेलकुद - कान्तिपुर समाचार

तेक्वान्दो टोली यूएईतर्फ

कान्तिपुर संवाददाता

काठमाडौँ — यूएईको फुजराहमा हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि २० सदस्यीय नेपाली तेक्वान्दो टोली यूएई गएको छ ।

सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुष्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका सदस्य बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा र बाबुलाल सुब्बा छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणालगायतले बिदाइ गरे ।

प्रकाशित : माघ १९, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्

जबर्जस्ती करणी मुद्दा मिलाइदिन्छु भन्दै पैसा लिने पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — जबर्जस्ती करणी मुद्दा मिलाइदिन्छु भन्दै पीडकसँग पैसा लिएको अवस्थामा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । दलालले लिएको पैसासमेत प्रहरीले फिर्ता गराएको जनाएको छ ।

मुद्दा मिलाइदिने भन्दै पीडकका अभिभावकसँग रकम लिने गोडैताका प्रभन्स साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका साहले आफन्तको माध्यमबाट उनीहरुसँग लिएको १ लाख ५ हजार रुपैयाँ बिहीबार फिर्ता गराइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले दलालमध्येका एक जना अझै पनि फरार रहेकोले खोजी भइरहेको बताए ।

सर्लाहीको गोडैतामा गत चैतमा एक नाबालिग पोखरीमा घोघीं टिप्न जाँदा बलात्कृत भएकी थिइन् । दुई जनाको सहयोगमा एक नाबालकले जबर्जस्ती करणी गरेको मुद्दामा ती तीनै जना बालक थुनामा छन् । थुनामा परेकाहरुलाई छुटाइदिन्छु भन्दै साहसहित फरार दलालले एक बालकका अभिभावकसँग ९५ हजार र अर्का अभिभावकसँग १५ हजार रुपैयाँ लिएको खुलेपछि पक्राउ गरी उनका आफन्तबाट रकम फिर्ता गर्न लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार एक महिलाले छोरा थुनामुक्त गराउन भन्दै ९५ हजार र अर्का अभिभावकले १५ हजार गरी १ लाख ५ हजार रुपैयाँ १० महिना अगाडि नै दलाललाई बुझाएका थिए ।

प्रकाशित : माघ १९, २०७९ २२:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×