कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अकीको जोडी विजयी

काठमाडौँ — नेपालका अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडीले आईटीएफ वर्ल्ड टेनिस टुर जे–६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा मंगलबार सफलता पाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा उनीहरूले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे । भारतका स्मिट निलेशभाइ पटेल र देवाशिष साहु, चीनका फान्मिङ मेङ र हङकङका युएन वोङ, भियतनामका फाम ला होङ र रान क्वेक कुङ, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल, भारतका हर्ष फोगात र नाभ्या बर्मा, दक्षिण कोरियाका जियोम डो र वोनमिन किम तथा भारतका सेहजसिंह पवार र प्रत्येशको जोडीले जित निकालेका छन् ।

गर्ल्स डबल्समा नेपालका सर्भानी श्रेष्ठ र सुनिरा थापाको जोडीले भारतका सराह गोम्स र तनिशा रोयको जोडीलाई ७–५, ६–१ को सेटमा हरायो । बेल्जियमकी केमिले फिसेट र हङकङका लिङ छुन वोङ, भारतका अनुष्का भोला र मेहक कपुर, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, भारतका अर्जुन खोराकिवाला र समैरा पाहवा, भारतका काइरा सिद्धार्थ चेतनानी र दुर्गांसी कुमार जोडी विजयी भए ।

प्रकाशित : माघ १८, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?