क्यानद्वारा बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानद्वारा बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा

प्रतीक्षा काफ्ले

पोखरा — नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको ‍सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौमा २३ मा निलम्बन गरेको थियो । त्यसपछि गत असोज २० गते पक्राउ परेका लामिछाने पर्पक्षका लागि थुनामा थिए । तर पाटन उच्च अदालतले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबारै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो । तर यता पोखरामा बसेको बैठकले भने लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो । निलम्बन फुकुवाकोबारे क्यानले औपचारिक रुपमा धारणा बाहिर ल्याइसकेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टिममा समावेश गर्ने नगर्ने वा नेपालको तर्फबाट खेल्न अनुमति हुने नहुनेबारे स्पष्ट भइसकेको छैन ।

उनको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म निलम्बन फुकुवा गर्न नहुने दबाब थियो । नेपाल टि-२० लिगमा म्याच र स्पट फिक्सिङ भएको कुरा बाहिरिएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतका गतिविधिमाथि क्यानभित्र तीव्र विरोध हुँदै आएको छ । क्यानका सात जना सदस्यले चन्द लगायतको राजीनामा माग गरिरहेका छन् । मंगलबार भएको बैठकमा समेत उनीहरुले अहसमति जनाएका छन् ।

यस्तो अवस्थामा क्यानले सन्दीप लामिछानेको निलम्बन फुकुवाको विवादास्पद निर्णय गरेको हो ।

प्रकाशित : माघ १८, २०७९ ०४:१३
प्रतिक्रिया
पठाउनुहोस्

स्याङ्जामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु, राजमार्ग अवरुद्ध 

प्रतीक्षा काफ्ले

कास्की — बुटवलबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका-११ करेनडाँडास्थित ना ४ ख ३८२८ नम्बरको गाडीले शुक्रबार ७२ वर्षीया यामबहादुर जिटीलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयले सिद्वार्थ राजमार्ग अहिलेसम्म अवरोध गरेका छन् ।

राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : माघ १३, २०७९ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×