लिभरपुल बाहिरियो

एएफपी

लन्डन — काउरु मितोमाले इन्जुरी टाइममा गोल गरेपछि ब्राइटनले आइतबार साबिक विजेता लिभरपुललाई एफए कपको चौथो चरणबाटै बाहिर पठाइदिएको छ । एमेक्समा खेल बराबरीतर्फ अगाडि बढेको समयमा जापानी विङगर मितोमाले सुन्दर ढंगले बल नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

लिभरपुल बाहिरियो

दुई साताअघि मात्र ब्राइटनले यही मैदानमा लिभरपुललाई प्रिमियर लिगमा ३–० ले पराजित गरेको थियो । मोहम्मद सलाहको पासमा हार्भी इलियटले गोल गर्दै पहिलो हाफमा अग्रता लिँदा लिभरपुलले त्यो नतिजा पल्टाउने सम्भावना देखाएको थियो ।

तारिक लाम्पटीको प्रहार लुइस डन्डलाई लागेर डिफ्लेक्ट भएपछि ब्राइटनले ३९ औं मिनेटमा नै खेल बराबरीमा ल्याएको थियो । रिप्लेका लागि खेल एनफिल्डतिर अगाडि बढिरहँदा मितोमाले अन्तिम मिनेटमा विजयी गोल गरेका थिए । शनिबार राति कासेमिरोको दुई गोल सहयोगमा म्यानचेस्टर युनाइटेड उत्कृष्ट प्रदर्शनसहित दस खेलाडीमा सीमित भएको रिडिङविरुद्ध ३–१ को जित निकाल्दै शनिबार एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

प्रकाशित : माघ १६, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?