कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राजर्षि जनक कप फुटबल माघ २५ देखि

ओमप्रकाश ठाकुर

सर्लाही — सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिता माघ २५ गतेबाट सुरु हुने भएको छ । सर्लाहीको वाग्मतीमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

राजर्षि जनक कप फुटबल माघ २५ देखि

वाग्मती युवा क्लबको आयोजनामा प्रतियोगिता आयोजना हुँदै आएको छ । आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीका अनुसार प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ ।

उद्घाटन खेलमा विभागीय टिम एपीएफले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी हुने प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो हुनेले ५ लाख नगद पाउनेछन् । वाग्मती नगरपालिका–११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगितामा गतवर्षको विजेता पिप्ले युथ क्लब हेटौंडा, सुदूरपश्चिम–११, संकटा क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लबलगायत भारतको दार्जिलिङ युनाइटेड किङडम क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

फागुन ७ गते हुने फाइनल प्रतिस्पर्धामा प्रथम हुने टिमले १० लाख नगदसहित सुन र चाँदी प्रयोग गरेर ४ लाख रुपैयाँमा निर्माण गरिएको २० किलोको कलात्मक सिल्ड चुम्न पाउनेछ । ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताअन्तर्गत हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा हरेक दिनको प्लेयर अफ दि म्याच घोषित खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक खेलाडीलाई वाग्मती राइजिङ अफ द इयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सुरु खेलमा एक सय, सेमिफाइनल तथा फाइनल खेलमा २०० रुपैयाँको टिकट दर तोकिएको छ ।

फुटबल प्रतियोगिता सम्पन्न गर्न वाग्मती नगरपालिकासहित विभिन्न गैरसरकारी संघसंस्था, उद्योगी, व्यापारीसँग सहयोग संकलन गरिएको महासचिव सागर मैनालीले बताए । आयोजकका अनुसार विभिन्न व्यापारिक हाउसहरूले प्रायोजनमा चासो नदेखाउँदा आर्थिक रूपले समस्या भइरहेको छ ।

प्रकाशित : माघ १६, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?