२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कालिकालाई कुलपति सिल्ड

कास्की — गण्डकी विश्वविद्यालयद्वारा आयोजित प्रथम कुलपति रनिङ सिल्ड फुटबलको उपाधि कालिका माविले जितेको छ । पोखरा रंगशालामा शुक्रबार फाइनलमा भद्रकाली माविलाई २–० ले हरायो ।

कालिकालाई कुलपति सिल्ड

कालिकाका कप्तान टिका गुरुङ र सजन बराइलीले गोल गरे । टिकाले ३५ औं मिनेटमा कालिकालाई अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा सजनले गोल थप्दै टिमको अग्रता दोब्बर बनाए ।

विजेता कालिकाले १ लाख र भद्रकालीले ५० हजार पुरस्कार पाए । विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङले पुरस्कार प्रदान गरे । प्लेयर अफ द टुर्नामेन्ट कालिकाका मन्दीप घले गुरुङ घोषित भए । उनले १५ हजार पाए ।

प्रकाशित : माघ १५, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?