केनको कीर्तिमानी प्रदर्शनमा टोटनहम विजयी

एपी

लन्डन — इङ्ग्लिस स्ट्राइकर ह्यारी केनले सोमबार टोटनहमका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन् । उनको यो कीर्तिमानीसँगै निर्णायक गोलको मद्दतले इङ्ग्लिस प्रिमियर लिगमा टोटनहमले फुलहमलाई १–० गोलान्तरले पराजित गरेको छ ।

केनको कीर्तिमानी प्रदर्शनमा टोटनहम विजयी

यो जितले टोटनहम शीर्ष चार स्थानका साथ तीन अंकको दूरीमा रह्यो । केनले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । यो टोटनहमका लागि उनले गरेको २ सय ६६औं गोल रह्यो । उनले गोल कीर्तिमानमा दिवंगत भइसकेका जिम्मी ग्रेभ्सको बराबरी गरेका हुन् ।

केन आफैँ पनि अहिले लयमा छन् र यो सिजन लिगमा १५ गोल गरिसकेका छन् । लिगमा भने उनको गोल संख्या १ सय ९९ पुगेको छ । टोटनहम भने अहिले तत्काल पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित : माघ १०, २०७९ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?