१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

११औं हिसान स्पोर्ट्स मिट खेलकुद सुरु

विराटनगर — ११ औं हिसान स्पोर्ट्स मिट खेलकुद प्रतियोगिता सोमबार विराटनगरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा फुटवलतर्फ विकेभीएम, कोसी क्याम्पस र अर्किड क्याम्पस विजयी भएका छन् ।

पहिलो खेलमा विकेभीएमले कोभाष कलेजलाई ६–० गोलले पराजित गर्‍यो । त्यसमा म्यान अफ द म्याच सवी चौधरीले ह्याट्रिक गर्दा प्रशिक कार्कीले दुई र निश्चल थारुले एक गोल गरे ।

दोस्रो खेलमा कासी क्याम्पसले सगरमाथा कलेजलाई ३–१ गोलले र तेस्रो खेलमा अर्किड कलेजले मेरिल्याण्ड कलेजलाई २–० गोलले पराजित गरे ।

राष्ट्रियस्तरका खेलाडी तयार गर्ने उद्देश्यले स्पोर्ट्स मिटको आयोजना गरिएको हिसान मोरङका अध्यक्ष अमित ढकालको भनाइ थियो ।

प्रकाशित : माघ ९, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?