पाँचौं लाफाकपको उपाधि न्यौपाने र फौदारलाई- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचौं लाफाकपको उपाधि न्यौपाने र फौदारलाई

सन्जु पौडेल

तिलोत्तमा — पाँचौं लाफा/प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक लाफा समूहका विवेक न्यौपाने र मनोज फौदारले उचालेका छन् ।

मेन्स डबल'बी' लेबलको फाइनलमा आयोजकका न्यौपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङको जोडीलाई सोझो २–० को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै उनीहरूले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुन सफल रायमाझी र गुरुङको जोडीले २५ हजार नगद प्राप्त गरे । त्यस्तै सेमीफाइनलमा पुग्न सफल विशाल खड्का र सुरज गुरुङ, विनोद पौडेल र सरल थापाको जोडीले १५ हजार प्राप्त गरे भने क्वाटरफाइनलमा पुग्न सफल खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, भेट्रान्स मेन्स डबल प्रतियोगितातर्फको उपाधि भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडीले जित्न सफल भएका छन् । बुटवल ब्याडिन्टन क्लबका खेलाडी महेश्वर नेपाल र अशोककुमार भुषालको जोडीले तनहुँका कमल राना र खुम गुरुङको जोडीलाई सोझो २–० को सेटमा पराजित गर्दै भेट्रान्सको उपाधि पोल्टामा पारेका हुन् । उनीहरुले नगद २५ हजार शिल्ड मेडल प्राप्त गरे भने उपविजेता तनहुँका खेलाडीहरुले नगद १५ हजार ५ सयमा चित्त बुझाए । भेट्रान्सतर्फ सेमीफाइनलमा पुग्न सफल बसन्त र महेश बज्राचार्यको जोडी र मनबहादुर थापा र खगेन्द्र नेपालीको जोडीले समान १० हजार ५ सय प्राप्त गरे ।

प्रतियोगितामा घोराहीका हिमांशु कुँवर उत्कृष्ट खेलाडी चुनिए । दानिस कुरेसी उदयमान खेलाडीको उपाधि चुम्न सफल भए । बुटवल उपमहानगरपलिकाको मुख्य प्रायोजन र लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्को सह–प्रयोजनमा सम्पन्न प्रतियोगितामा भेट्रानतर्फ ३२ टिम र खुल्ला मेन्स डबलतर्फ ६४ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित : माघ ९, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा कांग्रेसले सांसद, पालिका प्रमुख, उपप्रमुखलाई प्रशिक्षण दिने

सन्जु पौडेल

बुटवल — नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको शनिबार बसेको बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरूदेखि युवा तथा विद्यार्थीसम्मलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

पार्टीको सिद्धान्त, अनुशासन, राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनले पार्टीका युवा तथा विद्यार्थीलाई समेत राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिने निर्णय भएको जनाए ।

बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिहरुलाई सुशासन र उनहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिए । बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहन राज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्पूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने बताएका थिए ।

बैठकले माघ २० गतेसम्म प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गरी प्रदेशलाई जानकारी दिन निर्देशन दिएको छ । बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लामा पार्टीको अवस्थाबारे रिर्पोटिङ गरेका थिए ।

प्रकाशित : माघ ७, २०७९ २१:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×