बार्सिलोना र रियल दुवै विजयी


म्याड्रिड — स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेका बार्सिलोना र रियल म्याड्रिड दुवै आइतबार विजयी रहे । बार्सिलोनाले गेटाफेलाई १–० ले हरायो र त्यसमा पेड्रीले निर्णायक गोल गरे ।

यो जितपछि बार्सिलोना ४४ अंकमा शीर्ष स्थानमा रह्यो । यस्तै, रियलले भने एथलेटिको बिलबाओलाई २–० ले पराजित गर्यो । रियलका लागि करिम बेन्जेमा र टोनी क्रुसले गोल गरे ।
रियलको भने ४१ अंक रहेको छ । त्यसपछि रियल सोसिडाडको ३८ र एटलेटिको म्याड्रिडको ३१ अंक रहेको छ ।
प्रकाशित : माघ ९, २०७९ ०७:३०