१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ऐतिहासिक जितसँगै सुष्मा फाइनलमा

काठमाडौँ — नेपालकी सुष्मा तामाङले आइतबार थाइल्यान्डको बैंककमा भइरहेको एएसबीसी एसियाली यू–२२ मेन्स एन्ड वुमेन्स बक्सिङको महिलातर्फ ४८ केजी तौल समूहको फाइनल यात्रा तय गर्दै ऐतिहासिक प्रदर्शन गरेकी छन् ।

ऐतिहासिक जितसँगै सुष्मा फाइनलमा

उनले सेमिफाइनलमा मंगोलियाकी बेस्येन्वइ जर्नागुलीलाई तेस्रो राउन्डमा अरएसीको आधारमा पराजित गरेकी हुन् ।

अब फाइनलमा उनको भेट उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग हुनेछ । अर्को सेमिफाइनलमा उज्वेक खेलाडी फोजिलोभाले आयोजक थाइल्यान्डकी योद्वारी थिप्सात्चालाई ५–० को अंकको आधारमा हराएकी हुन् । सुष्माको यो सफलता नेपाल बक्सिङ संघको स्थापनादेखि अहिलेसम्मकै सबैभन्दा उच्च रहेको छ ।

यस अगाडि सन् २०२१ मा पोल्यान्डमा सम्पन्न भएको विश्व युथ वुमेन्स बक्सिङ च्याम्पियनसिपमा पनि सुष्माले लिथुयानीका खेलाडीलाई पराजित गर्दै क्वाटरफाइनलसम्मको याक्रा तय गरेकी थिइन् । यसत्रममा उनी विश्व वरीयतामा छैटौं स्थानमा पुग्न सफल रहेकी थिइन् ।

प्रकाशित : माघ ८, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?