कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपोलीको अग्रता १२ अंक

एपी

रोम — इटालियनकपबाट बाहिरिएको चोट बिर्सदै सिरी 'ए'को शीर्ष स्थानमा रहेको नेपोलीले शनिबार आफ्नो छिमेकी प्रतिद्वन्द्वी सालेरनिटानालाई २–० ले हराएको छ । नेपोलीका लागि जियोभानी डि लोरेन्जो र भिक्टर ओसिमहेनले गोल गरे ।

नेपोलीको अग्रता १२ अंक

यो जितपछि नेपोलीले लिग तालिकाको शीर्ष स्थानमा डिफेन्डिङ च्याम्पियन एसी मिलानमाथि १२ अंकको फराकिलो अग्रता लिएको छ । ओसिमहेनले १६ खेलबाट १३ गोल गरेका छन् र यस सिजन लिगमा सर्वाधिक गोलकर्ता सूचीको शीर्ष स्थानमा छन् ।

शनिबारका अन्य खलमा टुरिनोले फियोरेन्टिनालाई १–० र भेरोनाले लेचेलाई २–० ले हरायो ।


प्रकाशित : माघ ८, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?