२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भिल्लारियलविरुद्ध रियलको कठिन जित

एपी

म्याड्रिड — प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको रियल म्याड्रिडले कोपा डेल रेको क्वाटरफाइनल प्रवेशका लागि बिहीबार भिल्लारियलमाथि ३–२ को कठिन जित निकालेको छ । रियलले दुई गोलले पछाडि रहेको स्थितिमा ३० मिनेटभित्र तीन गोल गरेको थियो ।

भिल्लारियलविरुद्ध रियलको कठिन जित

रियलका लागि भिनिसियस जुनियर र एडेर मिलिटाओले एक/एक गोल गरेको स्थितिमा खेलको ८६ औं मिनेटमा डानी सेबालोसले निर्णायक गोल गरे । त्यस अगाडि बार्सिलोनाले तेस्रो डिभिजनको क्लब क्वेटालाई ५–० ले हराएर क्वाटरफाइनल पुगेको थियो ।

रियल यस अगाडि बार्सिलोनाविरुद्ध स्पेनी सुपरकपको फाइनलमा पराजित भएको थियो र उसको प्रदर्शन राम्रो हुन सकिरहेको थिएन ।

प्रकाशित : माघ ६, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?