टोटनहममाथि सिटीको उत्कृष्ट पुनरागमन जित

एपी

म्यानचेस्टर — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार टोटनहममाथि ४–२ को उत्कृष्ट पुनरागमन जित रचेको छ । यससँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी पनि पाँच अंकमा छोट्याएको छ ।

टोटनहममाथि सिटीको उत्कृष्ट पुनरागमन जित

इतिहाडमा भएको खेलमा टोटनहमले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । उसका लागि डेजान कुलुसेभ्स्की र एमरसन रोयलले गोल गरे । दोस्रो हाफमा सिटीका लागि सुरुमै जुलियन एल्भारेज र इर्लिङ हाल्यान्डले गोल गरे ।

अन्त्यमा रियाद मेहराजले दुई गोल थपे र सिटीको सम्झानालयक जित सम्भव भएको थियो । यो जितपछि सिटीको ४२ अंक भएको छ र दोस्रोमा छ । टोटनहम भने ३३ अंकमै सीमित रहेर पाँचौंमा रह्यो ।


प्रकाशित : माघ ६, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?