अस्ट्रेलियन ओपनको तेस्रो चरणमा जोकोभिच


मेलबर्न — नोभाक जोकोभिच बिहीबार अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । १ सय ९१ औं वरीयताका इन्जो कोउकाडलाई ६–१, ६–७, ६–२ र ६–० ले पराजित गर्दै उनी तेस्रो चरणमा प्रवेश गरेका हुन् ।


यससँगै २२ ग्रान्ड स्लाम उपाधि जित्ने सम्भावना पनि बलियो भएको छ । तर‚ ३५ वर्षीय सर्बियाली खेलाडीले जितका क्रममा मेडिकल टाइम–आउटबाट गुज्रिन बाध्य रहे । अब उनले तेस्रो चरणमा २७ औं वरीयताका ग्रिगोर डिमिट्रोभको सामना गर्नेछन् ।
अन्य शीर्ष वरीयताका खेलाडीको हारले जोकोभिचलाई सजिलो हुने सक्नेछ । यस्तै आठौं वरीयताका फ्रिट्ज एलेक्सी पपीरिनसँग ६–७, ७–६, ६–४, ६–७ र ६–२ ले हराए ।
महिलातर्फ भने आर्यना सबलेन्काले तेस्रो चरण प्रवेश गर्ने क्रममा उनले सेलबाई रोजर्सलाई ६–३ र ६–१ ले पराजित गरिन् । यस्तै फ्रान्सकी चौथो वरीयताका क्यारोलिन गार्सियालले यूएस ओपनका पूर्वउपविजेता लेलह फर्नान्डेजलाई ७–६ र ५–५ ले पराजित गरिन् ।
प्रकाशित : माघ ५, २०७९ २०:१७