२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

माघ ७ गतेदेखि पाँचौं लाफा कप ब्याडमिन्टन

सन्जु पौडेल

तिलोत्तमा — लाफा समूहले पाँचौं लाफा तथा प्रथम मेयर कप बी लेभल मेन्स डबल तथा भेट्रान्स मेन्स डबल ब्याडटमिन्टन र प्रथम उपमेयर कप बी लेभल भलिबल प्रतियोगिता गर्ने भएको छ । लाफा समूहले बिहीबार बुटवलमा पत्रकार सम्मलेन गरी ब्याडटमिन्टन प्रतियोगिता यही माघ ७ र ८ गते तथा भलिबल प्रतियोगिता माघ १२ गतेदेखि १५ गतेसम्म गर्न लागेको जानकारी गराएको हो ।

माघ ७ गतेदेखि पाँचौं लाफा कप ब्याडमिन्टन

प्रतियोगिताबारे जानकारी दिँदै लाफा समूहका वरिष्ठ उपाध्यक्ष ज्ञानु थापाले नयाँ खेलाडी उत्पादन गर्नका लागि स्थापना कालदेखि लाफा समूहले यस प्रकारका प्रतियोगिताको आयोजना गर्दै आइरहेको बताए ।

पाँचौं लाफा तथा प्रथम मेयर कप बी लेभल मेन्स डबल प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक विजय गुरुङले जानकारी दिए । साथै प्रतियोगितामा द्वितीय हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुग्ने र क्वाटरफाइनलमा पुग्ने टिमले क्रमशः नगद १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक टिमले बताएको छ ।

भेन्ट्रान्स मेन्स डबल प्रतियोगितातर्फ प्रथम हुनले २५ हजार ५ सय ५५, द्वितीय हुनेले १५ हजार ५५५ र सेमिफाइनलमा पुग्नेले १० हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक गुरुङले बताए । खुल्ला बी लेभल मेन्स डबलमा प्रतियोगितामा लुम्बिनी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशको टिम गरी ६० टिमको सहभागिता रहनेछ भने भेन्ट्रान्स मेन्स डबलमा ३१ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै दोस्रो लाफा तथा प्रथम उपमेयर कप बी लेभल भलिबल प्रतियोगिता-२०७९ मा प्रथम हुनेले नगद ४५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए । साथै प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, ८ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा २० देखि २५ टिमको सहभागिता रहनेछ भने टिम दर्ताका लागि २ हजार ५०० शुल्क लाग्ने आयोजकले जनाएको छ ।

प्रकाशित : माघ ५, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?