कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इन्टरलाई इटालीयन सुपकरकप

एपी

रियाद — भेट्रान फरवार्ड एडिन जेकोको उत्कृष्ट खेलबाट प्रेरित इन्टर मिलानले छिमेकी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गर्दै बुधबार इटालियन सुपरकप जितेको छ । इन्टरले यो उपाधि जितेको यो लगातार दोस्रो वर्ष हो ।

इन्टरलाई इटालीयन सुपकरकप

यससँगै इन्टरले सिजनको पहिलो उपाधि पनि हात पारेको छ । जेकोले एक गोल गरे र फेडरिक डिमार्कोले गरेको पहिलो गोलमा सहयोगी भूमिका पनि निभाए ।

किंग फयाद स्टेडियममा भएको खेलमा लउटारो मार्टिनेजले तेस्रो गोल थपे । यो उपाधिपछि अब दुवैको ध्यान इटालीको सिरी 'ए'मा केन्द्रित हुनेछ र फेब्रुअरी ५ मा उनीहरू मिलान डर्बीमा भिड्दै छन् ।

प्रकाशित : माघ ५, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?