नाडाल म्याकडोनाल्डसँग पराजित

मेलबर्न — डिफेन्डिङ च्याम्पियन राफेल नाडाल बुधबार अस्ट्रेलिया ओपनबाट बाहिरिएका छन् । यसलाई प्रतियोगिताकै सबैभन्दा ठूलो अप्रत्यासित नतिजामध्ये एक मानिएको छ ।

नाडाल सात वर्षयता ग्रान्ड स्लाम प्रतियोगितामा दोस्रो चरणमै बाहिरिएको यो पहिलो पटक हो । चोटकै कारण उनले कीर्तिमान २२ औं ग्रान्ड स्लाम जित्ने अभियानमा पनि प्रश्न उठेको छ ।
स्पेनी खेलाडी नाडाल रड लेभर एरेनामा भएको खेलमा ६५ औं वरीयताका म्याकेन्जी म्याकडोनाल्डसँग पराजित भएका छन् । त्यसमा ३६ वर्षीय नाडाल अमेरिकी खेलाडीसँग ६–४, ६–४ र ७–५ ले पराजित रहे । खेलका क्रममा संघर्षरत नाडालका लागि ‘मेडिकल टाइमआउट’ को समेत आवश्यकता परेको थियो ।
नाडाल सात वर्षयता ग्रान्ड स्लाम प्रतियोगितामा दोस्रो चरणमै बाहिरिएको यो पहिलो पल्ट हो । यस्तै दुई उदयमान खेलाडीको भिडन्तमा कोका गफले पनि इमान राडुकानुलाई हराएका छन् । अमेरिकाकी १८ वर्षीय गफले भने बेलायतकी राडुकानुलाई ६–३ र ७–६ (७/४) ले पराजित गरिन् ।
प्रकाशित : माघ ४, २०७९ १९:३८