सुरेशको जोडी भेट्रान ब्याडमिन्टन फाइनलमा

काठमाडौँ — तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका दिलबहादुर कदङ्वाको जोडी फाइनल पुगेको छ ।

सुरेशको जोडी भेट्रान ब्याडमिन्टन फाइनलमा

उनीहरूको जोडीले एपीएफका बलराम लामिछाने र प्रेमकुमार श्रेष्ठको जोडीलाई २१–१७, २१–८ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । अर्को सेमिफाइनलमा आयोजक नखिपोट युथ क्लबका पूर्ण बुढाथोकी र कुमार राईको जोडीले कीर्तिपुरका पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडीलाई २१–१५, १८–२१, २१–१९ ले हराएर फाइनल तय गर्‍यो ।

पुरुष डबल्स ३५ बर्षमाथि दथुलका राजु वज्राचार्य र नखिपोटका राम राईको जोडी चितवनका विद्वान गुरुङ र किरण लामाको जोडीलाई २०–२२, २१–११, २१–१९ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यु बीएसका नारायण गौतमको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । बालकुमारी रिमिक्सका भुवन श्रेष्ठ र दीपन महर्जनले एपीएफका इन्द्र महता र धिरेन चन्दको जोडीलाई २१–१२, २१–१३ ले र पुलिसका विष्णु कटुवाल र शम्भुकुमार श्रेष्ठको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीलाई २१–६, २१–१६ ले पराजित गर्दै सेमिफाइनलमा भेट पक्का गरे ।

यू–१९ तर्फ एपीएफका क्षितिज खनालले आर्मीका सन्तोष पनेरुलाई २१–१७, २१–१५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । सेनाका डेभिड थापामगर र अनिल मल्लबीचको प्रतिस्पर्धामा डेभिडले २१–८, २१–१२ को जित निकाले । सेनाकै हिमाल चन्दले आफ्नै टिममा कविर केसीलाई २२–२४, २१–१७, २१–१५ को सेटमा हराए । सेनाका नरेन्द्र बमले रोशन चन्दमाथि २१–१९, २१–१७ को जित निकाले ।

प्रकाशित : माघ ३, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?