कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिफेन्डिङ च्याम्पियन नाडालको विजयी सुरुवात

एपी

मेलबर्न — डिफेन्डिङ च्याम्पियन राफेल नाडालले सोमबार अस्ट्रेलियन ओपनको विजयी सुरुवात लिएका छन् । उनी कीर्तिमान २३ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन् ।

डिफेन्डिङ च्याम्पियन नाडालको विजयी सुरुवात

नाडालले आफूभन्दा १५ वर्ष कान्छा खेलाडी बेलायतका ज्याक ड्रापरलाई ५–५, २–६, ६–४ र ६–१ ले हराए । शीर्ष वरीयताका स्पेनी खेलाडीले आफ्नो सबैभन्दा ठूलो शक्ति फोरह्यान्डको मद्दतले खेल जिते ।

तर यस क्रममा ४६ अनफोर्स इरर पनि गरे । अब नाडालले दोस्रो चरणमा म्याकेन्जी म्याकडोनाल्डको सामना गर्नेछन् । उनले आफ्ना अमेरिकी साथी खेलाडी ब्रान्डन नाकासिमीलाई पाँच सेटको खेलमा हराएका थिए । त्यस अगाडि चोटका कारण निक किर्गोसले खेल्दै नखेलेर प्रतियोगितामा आफ्नो नाम फिर्ता लिए ।

महिलातर्फ कोका गफले दोस्रो चरणको यात्रा तय गर्नका लागि केटरिना सिनिकोभालाई सजिलै ६–१ र ६–४ ले हराइन् । अब उनले इमान राडुकानुको सामना गर्नेछिन् । पूर्व यूएस ओपन विजेता राडुकानुले जर्मनीका टमारा कोरपाट्चलाई ६–३ र ६–२ ले पन्छाइन् । राडुकानु चोटबाट मुक्त हुँदै खेलमा फर्केकी हुन् ।

प्रकाशित : माघ २, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?