मेयर कप क्रिकेट सुरु

लुम्बिनी — तिलोत्तमा नगरपालिकाको आयोजना र नवजीवन क्लबको सहआयोजनामा बुधबारदेखि सुरु प्रथम तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो खेलमा वडा १६ विजयी भएको छ ।

मेयर कप क्रिकेट सुरु

नवजीवन खेलमैदानमा वडा १६ ले वडा ८ माथि ६१ रनको जित निकाल्यो । टस हारेको वडा १६ ले २० ओभरमा ८ विकेट गुमाई १ सय २९ रन बनायो । अनुराग थापाले ४६ र शम्भु थापाले २१ रन जोडे । वडा ८ का निश्चल पराजुली र राहुल भण्डारीले ३–३ विकेट लिए । जवाफमा वडा ८ टिम १५.१ ओभरमा ६८ रनमै समेटियो । आकाश बराइलीले १७ र सुमन ज्ञवालीले १५ रन बनाए । वडा १६ का सौभाग्य बस्याल, किशन भण्डारीले २–२ र अनुराग थापाले १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका अनुराग थापा म्यान अफ द म्याच भए ।

प्रतियोगितामा तिलोत्तमा नगरका वडा १२, १५ बाहेक १५ टिमले भाग लिएको छ । विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् । नगरप्रमुख रामकृष्ण खाँणले युवा खेलाडीलाई खेलमार्फत एकताबद्घ र प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउँदै खेलकुद विकासमा पालिकाबाट बजेट विनियोजन भइरहेको जनाए ।

प्रकाशित : पुस २०, २०७९ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?