१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई सम्मान

इटहरी — नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ खेलकुद विकास बोर्डले नगदसहित सम्मान गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई सम्मान

इटहरीस्थित मंगलबार प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेशका १ सय ४५ जना खेलाडी, ५१ जना प्रशिक्षक तथा व्यवस्थापकलाई सम्मान गरेको हो । पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गते सम्पन्न प्रतियोगितामा प्रदेशले १० स्वर्ण, २३ रजत र ५७ कांस्य पदक प्राप्त गरेका थिए ।

प्रदेश १ बाट ६ सय ८ जना खेलाडी सहभागी भएका थिए । प्रदेश १ ले ५ खेलमा १० स्वर्ण प्राप्त गर्ने १५ जना, ११ खेलमा २३ रजत प्राप्त गर्ने ३४ जना र १८ खेलबाट ५७ कास्य पदक प्राप्त गर्ने ९६ जना गरी कुल १ सय ४५ जना खेलाडीलाई सम्मान गरेको हो ।

त्यसैगरी पदक विजेता प्रशिक्षक तथा व्यवस्थापक ५१ जनालाई समेत खेलकुद विकास बोर्डले सम्मान गरेको हो । ३६ खेलमध्ये प्रदेश १ ले ३५ खेलमा प्रतिस्पर्धा गरेका थिए ।

बोर्डले स्वर्ण पदक जित्ने खेलाडीलाई नगद १ लाख, रजत पदक जित्ने खेलाडीलाई ७५ हजार र कांस्य पदक जित्ने खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो । खेलकुद विकास बोर्डले पुरस्कारका लागि ७९ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित : पुस १९, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?