इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट हुने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट हुने

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा हुने प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म चल्नेछ ।

इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी हुनेछ ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहले ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने बताए । विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याट्स म्यानलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । साथै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिनेछ ।

प्रतियोगिता संयोजक विप्लव घोषका अनुसार प्रतियोगिताका लागि कुल १ करोड १३ लाख रुपैयाँ बजेट लाग्ने अनुमान छ । जसमध्ये राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम नेपाल क्रिकेट संघले व्यवस्थापन गर्नेछ ।

प्रकाशित : पुस १६, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन आयोगले आधिकारिक रूपमा विजयी घोषणा गर्न भने बाँकी रहेको छ ।

सञ्चारमन्त्री कार्की कुसियैतभन्दा ११२ मत बढी ल्याउँदै विजयी भएका हुन् । उनले ३० हजार ४ सय ८३ मत ल्याए । एमाले उम्मेदवार कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर १५, २०७९ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×