रोमाञ्चक तीन विकेटले भारतको जित- खेलकुद - कान्तिपुर समाचार

रोमाञ्चक तीन विकेटले भारतको जित

रोयटर्स

ढाका — भारतले बंगलादेशलाई आइतबार दोस्रो टेस्टमा रोमाञ्चक ढंगले तीन विकेटले पराजित गर्दै दुई टेस्टको सिरिज २–० ले जितेको छ । मिरपुरमा भएको कम स्कोरको खेलमा भारतले सात विकेट गुमाएर १ सय ४५ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।

आफ्नो स्वभाविक रूप गुमाइसकेको शेर बंगला नेसनल स्टेडियमको पिचमा भारतले नाटकीय ब्याटिङ पतनको सिकार हुँदै जितसम्म पुगेको हो । भारतका लागि अरविचन्द्रन आश्विनले ४२ रन बनाए र नटआउट रहे ।

यस्तै, अर्का नटआउट ब्याटर श्रेयश अय्यरले २९ रनको योगदान दिए । बंगलादेशका लागि भने मेहदी हसनले ६३ रन खर्चेर पाँच विकेट लिए । आश्विन ‘प्लेयर अफ द सिरिज’ भए भने भारतकै चेतेश्वर पुजारा ‘प्लेयर अफ द सिरिज’ घोषित भए ।

प्रकाशित : पुस १०, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

लिभरपुलमाथि युनाइटेडको सनसनीपूर्ण जित

रोयटर्स

लिभरपुल — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुलमाथि २-१ गोलअन्तरको सनसनीपूर्ण जित निकालेको छ । म्यानचेस्टरका लागि जाडोन सान्चो र मार्कस रसफोर्डले गोल गरे । यो हारसहित लिभरपुल तीन खेलमा जितविहीन छ ।


सान्चोले १६औं मिनेटमा पहिलो गोल गरे भने रसफोर्डले ५३औं मिनेटमा दोस्रो गोल थपे । मोहमद सलाहले ८१औं मिनेटमा लिभरपुलका लागि एक गोल फर्काए पनि उक्त गोल टिमलाई हारबाट जोगाउन पर्याप्त रहेन ।

लिभरपुल हालसम्म दुई अंकमै सीमित रहेको छ भने युनाइटेडको सुधारिएको प्रदर्शनसँगै लिगमा पहिलो अंक बटुल्न सफल भएको छ ।

खेलमा क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्यागुएरलाई बेन्चमा थिए ।

प्रकाशित : भाद्र ७, २०७९ ०६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×