कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फ्रेन्च स्टाइकर बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट लिए संन्यास

विश्वकप फाइनलमा अर्जेन्टिनासँग फ्रान्स पराजित भएको भोलिपल्ट आफ्नो ३५ औं जन्मदिनमा करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरे

काठमाडौँ — फ्रेन्च टोलीका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । फ्रान्स अर्जेन्टिनासँग विश्वकप फाइनलमा पराजित भएको भोलिपल्ट बेन्जेमाले संन्यास घोषणा गरेका हुन् ।

फ्रेन्च स्टाइकर बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट लिए संन्यास

रियल म्याड्रिडका स्ट्राइकरसमेत रहेका बेन्जेमा चोटका कारण यसपटकको विश्वकपमा खेल्न पाएका थिएनन् । उनले सोमबार ट्विटरमार्फत् आफूले संन्यास लिएको घोषणा गरेका हुन् । जुन दिन संयोगवश् उनको ३५औं जन्मदिनसमेत परेको छ ।


'मैले केही प्रयास र गल्तीहरू गरेँ जसले मलाई यो स्थानमा ल्यायो । म जहाँ छु यसमा मलाई गर्व छ !,' उनले लेखेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार अर्जेन्टिनासँग फाइनल खेल हुनुअघि फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँले विश्वकप फाइनलमा सहभागी हुन गरेको आग्रहलाई उनले अस्वीकार गरेका थिए ।

बेन्जेमाले शुक्रबार एक तस्बिर पोस्ट गर्दै आफू इच्छुक नरहेको प्रतिक्रिया दिएका थिए । बेन्जेमा पछिल्लो पटक सीडी लेगान्सविरुद्ध रियल म्याड्रिडका लागि मैत्रीपूर्ण खेल खेलेका थिए ।

यस वर्षको बालोन डी'अर विजेतासमेत रहेका बेन्जेमाले आफ्नो खेल करिअरभर ९७ वटा खेल खेलिसकेका छन् । यस क्रममा उनले फ्रान्सका लागि ३७ गोल गर्नुका साथै २० वटा असिस्ट गरेका छन् ।

प्रकाशित : पुस ४, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?